समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक, असोज २ र ३ गते बन्दसूची बुझाउनुपर्ने



काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्य तालिका अनुसार दलहरुले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुपर्नेछ।

असोज ४ देखि ९ गतेसम्म आयोगले बन्दसूचीमाथि छानबिन गर्नेछ। सो कानुनअनुसार नभएमा सच्याउन दलहरूलाई सूचित गर्ने तालिका छ। दलहरूले बन्द सूची संशोधन गरी असोज १० देखि १६ गतेसम्म पेश गर्नुपर्ने तालिकामा उल्लेख छ।