क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न आदेश



काठमाडौँ । क्रिप्टो कारोबार आरोपी विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेश उल्ट्याउँदै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले १५ धरौटीमा छाड्न आदेश दिएको हो । श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसरले ४६ करोड रुपैयाँ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।


नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको भन्दै श्रेष्ठ विरुद्ध बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको थियो । ४८ करोडको तीन गुणा करिब डेढ अर्ब हुन्छ।

डेढ अर्ब बिगो मागदाबी भएका श्रेष्ठ १५ लाखमै छुटेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो।