फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले गरे पद त्यागको घोषणा



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका छन् सामाजिक सञ्जाल फेसबुकमार्फत् अल्मुताइरीले पद त्याग गरेको घोषणा गरेका हुन् ।

अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले सबैलाई धन्यवाद दिएका छन् । उनले नेपाली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् । 


पदत्याग गरेको कारणबारे उनले केही खुलाएका छैनन्।