पाकिस्तानमा बाढी : सहायताको अभावमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मृत्यु



बाढी प्रभावित पाकिस्तानको खैरपुर जिल्लामा समयमै चिकित्सा सहायता र राहत सामग्रीको अभावमा शनिबार एक आमा र उनको गर्भमा रहेको बच्चाको मृत्यु भएको छ।  

सडकमा बाढीको पानीका कारण महिलालाई अस्पताल पुर्‍याउन नसक्दा खैरपुर जिल्लाको अकारी गाउँमा उक्त घटना भएको एआरवाई समाचारले जनाएको छ।  


हालै, संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोष (युएनएफपिए) ले पनि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूमा करिब छ लाख ५० हजार गर्भवती महिलाहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन चिन्ता व्यक्त गरेको छ।  

अर्को महिना सुत्केरी हुने अनुमान गरिएका ७३ हजार महिलाहरूलाई दक्ष स्वास्थ्यकर्मीलगायत नवजात शिशुको हेरचाह र सहयोगको आवश्यकता पर्ने संयुक्त राष्ट्रसङ्घ एजेन्सीले थप जानकारी दिएको एआरवाई समाचारले जनाएको छ।  

पाकिस्तानमा विनाशकारी बाढीकाबीच, महिलाहरु र उनीकोहरुको आवश्यकताहरु कठिडनाईमा परेको छ। तिनीहरूमध्ये धेरै खुला आकाशमुनि बस्न बाध्य भएका छन्।  

अचानक आएको बाढीले देशका ८० जिल्लालाई नराम्ररी प्रभावित भएको छ। पछिल्लो २४ घण्टामा थप १९ जनाको ज्यान गएपछि पाकिस्तानमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब १२ सय पुगेको छ।