महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आज पनि बयान दिने



काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्याह्न साढे १२ बजे सुरु हुने आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहनेछ । समितिले ४२ वटामध्ये यसअघि १२ वटा प्रश्न सोधिसकेको छ।


जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।