सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडाैँ । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि शनिबार बसेको बैठक सिट बाँडफाँटमा सहमति जुटाउन नसकेपछि विना निष्कर्ष टुंगिएको थियाे


गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले साउन २० गते आगामी चुनावमा तालमेल गर्ने सहमति गर्दै ११ सदस्यीय कार्यदल बनाएका थिए ।

तर, कार्यदलले सहमति जुट्न नसकेपछि बाँकी कार्यदलले आफ्नो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको थियो । तर शीर्ष तहमा पनि सहमति जुट्न सकेको छैन । गठबन्धनमा नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।