सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी



काठमाडाैँ । कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर सिट बाँडफाँटको टुङ्गो लगाउन गठबन्धनको बैठक बसिरहेको छ । सिट बाँडफाँटका लागि गठन गरिएको कार्यदल फिल्डमै गएर पार्टीहरूको अवस्था बारे अध्ययन गरेको थियो ।

१६५ सिटमध्ये ९० सिटमा मात्र सहमति भएको छ । ७५ सिटमा विवाद देखिएको छ । सोही विवादलाई शीर्ष नेताहरूले टुङ्गो लगाउने बताइएको छ ।