थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय १८ पिसिआर परीक्षणका क्रममा १ सय १२ जना र २ हजार २८ एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

हाल नेपालमा २ हजार ४ सय ३० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

दुई दिनमा ४ लाख ८० हजार ८१८ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।