सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित



काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरेको जनाएको हाे । 

‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेउपर जबरजस्ती करणी कसुरमा मिति २०७९ भदौ २३ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपमर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्यासम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछनेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ,’ कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लद्वारा जारी विज्ञप्तिमा भनिएको छ।