आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत, असोज २३ गते उम्मेदवारको मनोनयन दर्ता



काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । बिहीवार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रम स्वीकृत गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

स्वीकृत कार्यक्रमअनुसार असोज २३ गते उम्मेदवारको मनोनयन–पत्र दर्ता गर्ने र मनोनयन–पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन–पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने छ ।


त्यस्तै, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ ।