कार्यदलको बैठक बस्दै, आजै शीर्ष नेतालाई प्रतिवेदन बुझाइने



काठमाडाैँ । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । 

कार्यदलको बैठक बसेपछि प्रतिवेदन शीर्ष नेतालाई बुझाउने तयारी गरेको हो । कार्यदलको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।


बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसेपछि शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनको भनाइ छ ।