राष्ट्रियसभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी



काठमाडाैँ । राष्ट्रियसभा अन्तर्गतका चारवटा विषयगत समितिका सभापतिका लागि बुधबार चार जनाको उम्मेदवारी परेको छ ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ ।


जसअनुसार  दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ,  विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दिएका हुन् ।