कार्यदलको बैठकले आज सिट बाँडफाँटको टुंगो लगाउने



काठमाडौँ ।  सिट बाँडफाँटको टुंगो लगाउन आज सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दैछ। कार्यदलको बैठक  साँझ ५ बजेका लागि बोलाइएको छ । कार्यदलले दलहरुले पाउने सिट संख्या आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले आज बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने बताएका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा र बाँकी सिट अन्य दलहरुले पाउने गरी सहमति जुटाइएको बताइन्छ ।