संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ । मन्त्रिपरिषदको बैठकले संघीय शिक्षा ऐन विधायन समितिमा पेश गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले पेश गरेको शिक्षा ऐन आवश्यक छलफलको लागि विधायन समितिमा पेश गर्ने निर्णय गरेको हो ।

गिरिराजमणि पोखरेल शिक्षा मन्त्री हुँदा संघीय शिक्षा ऐनको मस्यौदा तयार भएको थियो। तर विधेयक अगाडि बढाइएको थिएन। संविधानले शिक्षालाई मौलिक हकमा समावेश गरेको छ।


संविधान जारी भएको ६ वर्ष भए पनि संघीय शिक्षा ऐन आउन नसक्दा शिक्षासम्बन्धी निकाय पुरानै संरचनामा चलिरहेका थिए । उक्त विधेयक अर्थ र कानुन मन्त्रालयले राय र सुझावसहित शिक्षा मन्त्रालयलाई पठाएको थियो ।