सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस



काठमाडौँ । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ । परिषद्को मंगलबारको बैठकले उच्च अदालतका दुई न्यायाधीश र एक जना कानुन व्यवसायीको नाम सिफारिस गरेको हो ।

परिषद्ले वरीयताक्रममा पहिलो नम्बरमा रहेकी उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षित, उच्च अदालत जनकपुरका विनोद शर्मा र कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता डिएन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।