प्रधानमन्त्री र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता



काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

पाण्डे आइतबार पाँच दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका थिए । उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।