असनका अनधिकृत संरचना हटाउन सुरु



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असनमा रहेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ । नगर प्रहरीको टोलीले असन क्षेत्रमा अनधिकृतरुपमा बनाइएका संरचना हटाउन सुरु गरेको हो ।

असनमा डोजर छिर्न नसकेपछि महानगर कर्मचारी र प्रहरीले खन्ती‚ घनलगायत औजार प्रयोग गरी संरचना हटाउन थालेका छन् । महानगरको टोलीले फुटपाथ मिचेर सञ्चालन गरिएका ती पसलका सामग्रीहरू नियन्त्रणमा लिएको छ ।