उत्तर प्रदेशका भाजपा विधायक अरविन्द गिरीको निधन



उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक भएका भारतीय जनता पार्टीका नेता अरविन्द गिरीको हृदयघातका कारण मङ्गलबार मृत्यु भएको छ । उपचारका लागि लखनउ ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको हो ।

मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरीको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।