पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र यसका सहयोगी समूहले सोमबार मन्दीको डरले हालै घटेको तेलको मूल्यलाई बलियो बनाउन अक्टोबरमा उत्पादन थोरै कटौती गर्ने घोषणा गरेको छ।
तेल गठबन्धनले आफ्नो सेप्टेम्बरको तुलनामा अक्टोबरमा प्रतिदिन एक लाख ब्यारेलले उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेक र गैर-ओपेक मन्त्रीस्तरीय ३२औं बैठकपछि जारी गरिएको विज्ञप्तिमार्फत सोबारे जानकारी गराइएको छ ।