मकवानपुरसहित तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा



मकवानपुर । बागमती प्रदेश सरकारले मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले चेपाङ समुदायको न्वागी छोनामको अवसरमा यही भदौ २२ गते बुधबार मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा दिने भएको छ ।

“बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को २०७८/१२/०९ को निर्णयानुसार चेपाङ समुदायले मनाउने न्वागी छोनाम पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधबारको दिन बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।” आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।