एमाले अध्यक्ष ओली झापा-५ बाट सिफारिस



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर-५ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन् ।  एमालेले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका ओलीलाई आगामी निर्वाचनमा प्रतिनिधि सभा उम्मेदवारका लागि झापा क्षेत्र नम्बर ५ बाट सर्वसम्मत सिफारिस गरेको हो ।

क्षेत्र नम्बर-५ क्षेत्रीय समन्वय कमिटीको सोमबार दमकमा बसेको बैठकले अध्यक्ष ओलीलाई सर्वसम्मत संघीय सांसदको उम्मेदवारमा सिफारिस गरेको क्षेत्रीय संयोजक तुलसी कार्कीले जानकारी दिए ।


२०७४ को निर्वाचनमा पनि ओली फराकिलो मतसहित नेपाली कांग्रेसका पदम अधिकारीलाई पराजित गर्दै झापा ५ बाटै विजयी भएका थिए।