प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक



काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको आमा धनकुमारी राईको निधन भएको छ ।

८४ वर्षीया राईको विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।


भोजपुर षडानन्द नगरपालिका–११ झ्याउँपोखरी घर भएका राईको आमा श्वासप्रश्वास सम्बन्धि समस्याबाट ग्रसित थिइन् ।