प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता



काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रधानसेनापति जनरल मनोज पाण्डे र नेपाली सेनाका प्रधानसेनापति जनरल प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान सैनिक मुख्यालयमा जंगअड्डामा उनीहरुबीच भेटवार्ता भएको हो । जङ्गी अड्डामा आयोजित समारोहमा पाँडेलाई सम्मान गारत अर्पण गरिएको थियो । सो अवसरमा उनले जङ्गीअड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका छन् । यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।


राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नेछन्।