नवौँ राष्ट्रिय खेलका लागि फेन्सिङ खेलाडी छनोट



काठमाडाैँ । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशका २४ जना फेन्सिङ खेलाडीे छनोट भएका छन् । काठमाडाैँ फेन्सिङ एकेडेमीमा भएको उक्त छनोट प्रतियोगिताबाट पुरुषतर्फ १२ तथा महिलातर्फ १२ गरी कूल २४ खेलाडी छनोट भएका हुन् ।

पुरुष फोयल इभेन्टमा सञ्जिव लामा, नारायण गौतम, पुरुषोत्तम खत्री र आर्यन कार्की रहेका छन् । इपीमा ओमकार सिंह, भीष्मराज दाहाल, राहुल दर्शन र गगन राई तथा सावर विधामा पायष योञ्जन, सोयबमान श्रेष्ठ, अमीर रायमाझी र शाश्वत परियार छनोट भएका हुन् । त्यस्तै महिलाको फोयल विधातर्फ सुजाता कुँवर, गोमा आचार्य, सङ्गीता लम्साल र अश्मिता घिसिङ रहेका छन् ।


यसैगरी इपितर्फ उषा खड्का, अलिषा अधिकारी, करुणा खड्का र पेमा योञ्जन तथा सावर विधामा शिक्षा नापित, सोफिया चन्द, बिनिता कार्की र आकी प्रजापति रहेका छन् । छनोट भएका खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रमाणपत्र वितरण गरे ।