सिरियाली सेनाको हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु



सिरियाली सेनाको हेलिकप्टर आइतबार हामाको मध्य प्रान्तमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यको मृत्यु भएको सेनाले जनाएको छ ।

सेनाले संक्षिप्त विज्ञप्ति जारी गर्दै विमान खराबीका कारण प्रशिक्षण मिसनमा दुर्घटना भएको उल्लेख गरेको छ । चालक दलको यकिन संख्या र दुर्घटनाको अन्य थप विवरण भने सार्वजनिक गरिएको छैन।