चितवन–३ बाट प्रचण्डको नाम सर्वसम्मत सिफारिस



काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् ।

आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकल उम्मेदवारको रुपमा सिफारिश गरेको हो ।


दाहालले २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट चुनाव जितेका थिए । उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ ।