सात वटा क्यासिनोलाई एकसाताभित्र मनोरन्जन कर बुझाउन काठमाडौँ महानगरको अल्टिमेटम



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सात वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर बुझाउन पत्राचार गरेको छ ।

आइतबार पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न आग्रह गरेको हो ।


मनोरन्जन कर पटक पटक ताकेता गर्दा पनि नति सम्बन्धित संस्थाहरुको ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ । महानगरले ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने जनाएको छ ।