निलम्बित प्रधानन्यायाधीश जबराको बयान सुरु



काठमाडाैँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको तेस्रो दिनको बयान सुरू भएको छ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले आज पनि सिंहदरबारस्थित कार्यालयमा उनको बयान थालेको हो ।

यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक २ घण्टा मात्र चलेको थियो । समितिका सदस्यहरुको कार्य व्यस्तताको कारण २ घण्टा बसेर सकिएको थियो ।


बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि दुई दिनमा ६ वटा प्रश्नको मात्र जबराले जवाफ दिएका छन् । जबराले प्रश्नको उत्तर दिने भन्दा पनि संसद्‍, सहकर्मी न्यायाधीश माथि नै प्रश्न उठाउँदै आएका छन् ।