मन्त्री यादव पर्सा क्षेत्र नं १ बाट सिफारिस



वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आसन्न सङ्घीय निर्वाचनका लागी वन तथा वातावरणमन्त्री प्रदीप यादवलाई पर्सा क्षेत्र नं १ बाट सिफारिस गरेको छ।

जसपाका केन्द्रीय सदस्यसमेत रहेका यादवलाई पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको पर्सा पार्टी सचिव आलमले जानकारी दिए ।