नागढुंगाबाट स्रोत नखुलेको ३९ लाख ५० हजारसहित एकजना पक्राउ



काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार ५०० रुपैयाँसहित काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२, नागढुंगबाट नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ का २२ वर्षीय टिकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ९६७४ नम्बरको बसमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।