काठमाडौँ । नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।
नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र सुनार, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) कञ्चनपुरकी अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौँ-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दिपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत कांग्रेस प्रवेश गरेका हुन् ।कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।