महामन्त्री थापा काठमाडौं-४ बाट सर्वसम्मत सिफारिस



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्रीय समितिको बैठकले थापाको नाम प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि सर्वसम्मत सिफारिस गरेको हो । कास्की क्षेत्र नम्बर १ बाट पनि महामन्त्री थापाको नाम सिफारिस भएपनि उनले आफू काठमाडौं ४ बाटै उम्मेदवार बन्ने बताएका थिए ।