थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु



काठमाडाैँ । थप २६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभरबाट ३५५७ नमूना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७३२ र एन्टिजेनबाट १८३५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १८० र एन्टिजेनबाट ८९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । 

हाल सक्रिय कोरोना संक्रमितको संख्या ३१५८ रहेकाे छ ।