सिफारिस समितिमा चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु



काठमाडाैँ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु गरेको छ ।  सिंहदरवारस्थित संसद सचिवालय भवनमा सिफारिस समितिले जबरासँग दोस्रो दिन बयान लिन सुरु गरेको हो ।

हिजोको बयानमा उनले आफूमाथि लगाईएको महाभियोगको कुनै अर्थ नभएको र यसको औचित्य नै समाप्त भैसकेको स्पष्ट पारेका थिए ।


उनले आफूमाथि अन्याय भएको भन्दै न्याय मागेका थिए । सो क्रममा उनले अन्य न्यायाधीशहरु, बार, सर्वोच्च बारका पदाधिकारीमाथि पनि प्रश्न उठाएका थिए ।