काठमाडौँ फनपार्कलाई कर तिर्न महानगरको २४ घण्टे अल्टिमेटम



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वर्षौंदेखि कर नतिरेको भन्दै काठमाडौं फनपार्कलाई कर तिर्न २४ घन्टे अल्टिमेटम दिएको छ ।

फनपार्कले काठमाडौँ महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएकाले कर बुझाउन २४ घण्टे अल्टिमेटम दिएको महानगरपालिकाले जनाएको छ । समाज कल्याण परिषद्को जग्गा भाडामा लिएर वर्षौंदेखि व्यवसाय गर्दै आएको फनपार्कले महानगरपालिकालाई तिर्न र बुझाउनुपर्ने कर तिरेको छैन ।


व्यवसाय र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्ज कर महानगरपालिकाको राजस्व विभाग बबरमहलमा गएर पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र तिर्न भनिएको छ । तोकिएको समयभित्र नबुझाएमा फनपार्क शिलबन्दी समेत गर्ने चेतावनी महानगरले दिएको छ ।