सुदूरपश्चिमका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरी बर्खास्त



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् ।

उनलाई मन्त्री पदबाट हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए । चौधरी नेकपा एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए । मन्त्री रावलका अनुसार पार्टीले नै चौधरीलाई पदबाट हटाउन भनेपछि हटाइएको हो ।