बयानका लागि प्रधानन्यायाधीश जबरा महाभियोग सिफारिस समितिमा



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन संसद सचिवालय सिंहदरबार पुगेका छन् । संसदको महाभियोग सिफारिस समितिमा बयानका लागि जबरा सिंहदरबार पुगेका हुन् ।

जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको ६ महिनापछि संसदीय समितिले राणासँग आज बयान लिँदैछ । समितिले केही दिन अगाडि जबराविरुद्ध प्रमाण पेस गर्ने सार्वजनिक सूचना जारी गरेको थियो ।


संस्थागत रुपमा नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन, पूर्व न्यायाधीश फोरमले आफूसँग भएको प्रमाण पेस गरेका छन् । उनीहरुले विभिन्न मितिमा गरेका फैसला, न्याय परिषद्मा हुँदा गरेको निर्णय र सर्वोच्च अदालतमा रहँदा गरेको कार्यसम्पादनसँग सम्बन्धित रहेका छन् ।

समितिले केही दिनअघि राणाविरुद्ध महाभियोग पुष्टि हुने प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको थियो ।