प्यालेस्टाइनी सहरमा गोली चल्दा दुई इजरायली घाइते



वेस्ट बैंकको प्यालेस्टाइनी सहर नाब्लसमा प्रवेश गर्दा मङ्गलबार बिहान दुई इजरायलीहरू घाइते भएको इजरायली सेनाले बताएको छ । इजरायली सेनासँग उनीहरूको भ्रमणको समन्वय नगरी नाब्लसको पवित्र फ्ल्यासपोइन्ट साइट जोसेफको समाधिस्थलमा प्रार्थना गर्न ती दुईजना अन्य तीन इजरायलीहरूसँग निजी गाडीमा सहरमा प्रवेश गरेका बताइएको छ ।

आपसी समन्वयको अभावमा एक्कासी गोली चलेको बताइएको छ । मुस्लिम र यहुदी दुवैका लागि पवित्र स्थलमा इजरायलीहरूको भ्रमण सामान्यतया इजरायली सुरक्षा बलहरूसँगको समन्वयमा मात्र तय गरिन्छ । सो घटनापछि इजरायली सेनाहरू नाब्लस प्रवेश गरी घाइतेहरूलाइ अस्पताल पु¥याइएको जनाइएको छ । इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभीले दुई इजरायलीलाई सामान्य चोटपटक लागेको जनाएको छ ।