६ प्रकारका वस्तुको आयात प्रतिबन्ध हट्यो, ४ वस्तुमाथिको प्रतिबन्ध असोज २८ सम्म



काठमाडौँ । सरकारले विभिन्न चार प्रकारका वस्तुको आयात प्रतिबन्ध असोज २८ गतेसम्म लम्ब्याएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गरी चार प्रकारका वस्तुको आयात लम्ब्याएको हो । यसअघि विभिन्न १० प्रकारका वस्तुमा आयात प्रतिबन्ध गरिएकोमा अब भने ६ प्रकारका वस्तुको आयात खुलाइएको छ ।

अब जीप, कार भ्यान लगायत सवारीसाधन, १५० सीसीभन्दा माथिका मोटरसाइकल, ३ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोनहरु र तयारी मदिराको आयात असोज २८ प्रतिबन्ध हुनेछ ।


यसअघि प्रतिबन्ध लगाइएका कुरकुरे, कुरमुरे, लेजजस्ता वस्तुहरु, हिरा, रंगिन टीभी, खेलौना, तासजस्ता वस्तुको आयात भने खुलाइएको छ । सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि चार महिनाअघि १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।