भारतीय धनाढ्य गौतम अडानी बने विश्वको तेस्रो धनी



भारतीय धनाढ्य गौतम अडानी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । एसियाली व्यक्ति ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो पहिलो पटक हो ।

भारतीय व्यापारी मुकेश अम्बानी र चिनियाँ ज्याक मा पनि यो स्थानमा पुग्न सकेका छैनन् । एक खर्ब ३४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीले फ्रान्सका बर्नार्ड अर्नल्टलाई उछिन्दै अब अमेरिकी इलन मस्क र जेफ बेजोसभन्दा पछि छन् । ६० वर्षीय अडानीले पछिल्लो समय डेटा सेन्टरदेखि सिमेन्टमा आक्रामक लगानी गरिरहेका छन् ।


मिडियासहित रसायनका क्षेत्रमा समेत उनले लगानी विस्तार गर्दै लगेका छन्। अडानी समूहले अहिले भारतको सबैभन्दा ठूलो निजी क्षेत्रबाट सञ्चालित बन्दरगाह, विमानस्थल अपरेटरदेखि सिटी ग्यास वितरक र कोइला माइनर बनेको छ । गत महिना उनी बिल गेट्सलाई उछिन्दै विश्वको चौथो धनाढ्य व्यक्ति बन्न सफल भएका थिए।