काठमाडौँ महानगरका ३२ वटै वडामा एमडीजीपी डाक्टर राख्न बालेनको प्रस्ताव



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर नर्स र इन्जिनियर करार सेवामा राख्ने प्रस्ताव गरेका छन् ।

आइतबारको नगर कार्यपालिका बैठकमा मेयर साहले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर, ३२ जना नर्स र ३२ वटै वडामा इन्जिनियर करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् ।


उनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए ।

त्यस्तै, काठमाडौं महानगरपालिकाको वडाहरूमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने पनि मेयर साहले प्रस्ताव राखेका छन् ।