आजदेखि राहदानी विभागको बेसमेन्ट सेवाग्राहीलाई पार्किङ गर्न खुला



काठमाडाैँ । राहदानी विभागकाे बेसमेन्ट आइतबारदेखि सेवाग्राहीका लागि पार्किङ गर्न खुला भएको छ।

नक्साअनुरुप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि त्यस्ता संरचना भत्काउने काम शुरु गरेको थियो ।


सोही क्रममा शुक्रबार कामपाले गरेको अनुगमनको क्रममा त्रिपुरेश्वरमा रहेको राहदानी विभागको बेसमेन्टमा सञ्चालन गरेको पाएपछि कामपा प्रमुख बालेन्द्र साहले उक्त स्थानमा राखिएको कुर्सी हटाएर जुन प्रयोजनका लागि निर्माण भएको सोही अनुरुप प्रयोग गर्न निर्देशन दिएका थिए ।

कामपाको निर्देशनपछि विभागले एक सूचना जारी गर्दै आइतबारदेखि उक्त स्थानमा पार्किङका लागि खुला गरिने जनाएको थियाे ।