एक सय सिट भन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान सकिँदैन : शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा एक सय सिट भन्दा कम लिएर गठबन्धनमार्फत निर्वाचनमा जान नसकिने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस मोरङ्ग क्षेत्र नम्बर ६ ले सुन्दरहरैंचामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले अहिले देशको प्रतिकुल अवस्था रहेकाले गठबन्धनलाई स्विकारेर निर्वाचनमा जानू परेको प्रष्ट पारे ।


कोइरालाले भने, ‘कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ। तर परिस्थिति अनुकुल नभएकाले गठबन्धनमा जानू परेको हो।’

कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कुनै क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । उनले उक्त सिटमा दाबी गर्ने पार्टीको सांगठानिक अवस्था र जित्ने आधार हेरेर मात्रै सिट बाँडफाँड गरिनुपर्ने बताए ।