ट्रम्पको घरमा खानतलासी गर्दा कैयौँ थान अतिगोप्य दस्ताबेज फेला



अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको अवरोधको प्रमाण खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलेको छ । हालै सार्वजनिक अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख गरिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार अतिगोप्य फाइलहरू ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए । न्याय मन्त्रालयले आफूले उल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षीलाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ ।


ट्रम्पले अनुसन्धानको नेतृत्व राजनीतिक अनुचर र ठगहरूले गरेको आरोप लगाएका छन् । अमेरिकी न्याय मन्त्रालयले अगस्ट ८ मा ट्रम्पको मारा लागो निवासमा एफबीआईले गरेको खोजतलासको औचित्य पुष्टि गर्न प्रयोग गरिएको मुचुल्काको एउटा संस्करण जारी गरेको छ । यद्यपि त्यसमा व्यापक सम्पादन गरिएको छ ।

फ्लोरिडाको वेस्ट पाम बीच इस्टेटमा छापा मार्नुअघि अदालतमा कागजपत्र पेस गरिएको थियो । न्याय मन्त्रालयका अनुसार ती कागजपत्रहरू एउटा गल्फ क्लबबाट बरामद भएका थिए ।

उसका अनुसार ती ११ थान गोप्य कागजपत्रमा नयाँ विस्तृत विवरण छैन । मुचुल्का बनाउने एफबीआईका एक अधिकारीले आफूहरूसँग प्रमाण, तस्करी, अपराधको फल वा अवैध रूपमा राखिएका अन्य सामग्री पत्ता लाग्ने विश्वास गर्ने सकिने सम्भावित कारण थियो भनेर लेखेका छन् ।