काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको अन्डरग्राउण्ड



काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको छ ।

शुक्रबार दिउँसो नगर बल प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको थियो ।टोलीले पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारिदिएका छन् । पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो ।


सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएकाे थियाे ।

काठमाडौँ महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनमा जोड दिइरहेको छ । घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको हो ।