प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन आह्वान



काठमाडौँ । संसदको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कुनै प्रमाण भए उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । जबराविरुद्ध संसद् सचिवालयमा पेस भएको महाअभियोग अध्ययन गरिरहेको समितिले शुक्रबार सार्वजनिक सूचना जारी गरी महाभियोग लगाइएको आरोपसँग सम्बन्धित प्रमाण भए उपलब्ध गराउन भनेको हो ।

बिहीबार बसेको महाअभियोग सिफारिस समितिको बैठकले जबराविरुद्धको महाअभियोग आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन सरोकारवालालाई आग्रह गर्ने निर्णय गरेको थियो। समितिले जबराविरुद्धको महाभियोग आरोपसँग सम्बन्धित कुनै प्रमाण, कागजात तथा जानकारी भए अबको ३ दिनसम्म उपलब्ध गराइदिन आग्रह गरेको छ।