बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत : अध्यक्ष दाहाल

cWoIf bfxfnåf/f >4f~hnL ck{0f nlntk'/, % ebf}M g]kfnL sf+u|];sf g]tf k|bLk lu/Lk|lt kf6L{ sfof{no ;fg]kfdf cfOtaf/ >4f~hnL ck{0f ub}{ g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn …k|r08Ú. tl:a/M k|bLk/fh jGt÷/f;;


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी अध्यक्ष दाहालले उनीप्रति श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले समाजवादी चिन्तक गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पु¥याएको बताए । उनले भने, “बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो ।”


देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको उनको भनाइ थियो । “गिरीको योगदानबाट प्रेरणा र शिक्षा लिनुपर्छ । राजनीतिलाई उहाँले सदैव समाजसेवामा मात्र प्रयोग गर्नुभएको थियो”, अध्यक्ष दाहालले भने ।

यसैगरी पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले पनि गिरीप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र सुभेच्छुकको घुइँचो लागेको छ ।

उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु¥याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।