कांग्रेस नेता प्रदीप गिरिको निधन



काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ। ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । 

शनिवार राति साढे ९ बजे उनको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार बर्मनले जानकारी दिए ।


प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।

नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पंकजकुमार बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न थियाे ।