बाँके केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूडको भूकम्प



काठमाडाैँ । पश्चिम नेपालमा गएराती भूकम्पको धक्का महसुस गरिएको छ ।

बाँकेमा केन्द्रविन्दु भएर राति १:२८ बजे ४.८ म्याग्नेच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


यसअघि पूर्वी नेपालको पहाडी जिल्ला खोटाङमा गत साउन १५ गते ६ म्याग्नेच्यूडको भूकम्प गएको थियो ।