फेरि स¥यो माओवादी बैठक, भोलि बिहान बस्ने



काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक फेरि सरेको छ ।

पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज साँझ ६ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो । त्यसअघि माओवादीले आजै बिहान नौ बजे बैठक बोलाएको थियो ।


प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी रहेको र मतदान सांसदहरूले मतदान गर्नुपर्ने भएकाले आजका लागि राखिएको बैठक भोलि बिहानका लागि सरेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठक भोलि बिहान साढे आठ बजे बस्नेछ । भोलिको बैठकमा अध्यक्ष दाहालले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ ।